उज्वेकिस्तानसंगको सम्मान जनक हारपछी मैदान मै लगभग डाँको छोडे सरह रोईरहेकी नेपाली महिला फूटबल टिमकी Goal Machine सावित्रा

उज्वेकिस्तानसंगको सम्मान जनक हारपछी मैदान मै लगभग डाँको छोडे सरह रोईरहेकी नेपाली महिला फूटबल टिमकी Goal Machine सावित्रा

अस्ति उज्वेकिस्तानसंगको सम्मान जनक हारपछी मैदान मै लगभग डाँको छोडे सरह रोईरहेकी नेपाली महिला फूटबल टिमकी Goal Machine सावित्रा भण्डारिसंगै हामी दर्शक पनि संगै रोयौँ। त्यो हार हामिले देख्दा केवल मैदानभित्रको हार मात्रै देखेका थियौँ।


तर  हिजो टोलि स्वदेश फर्किँदै गर्दा टिमको कप्तानी समेत सम्हालेकी सावित्राले जुन कुरा बोलिन् त्यसले भने खेलाडिहरु कुन मनोदशा बोकेर खेलेका रहेछन् भन्ने प्रष्ट हुन सकिन्थ्यो। र सावित्राको त्यो भावबिह्वलता केवल मैदानको हार मात्र थिएन रहेछ। हामिले लगातार फाईनलमा बेहोरिरहेको हारहरुमा सँधै सहकर्मिहरुलाई हौसला बढाईरहने उनी अस्ति चाहिँ किन मैदान मै आफुलाई रोक्न सकिनन्? त्यसको जवाफ सायद हिजोको उनको अभिब्यक्तिमा भेटिन्थ्यो।


नेपालमा खेलाडिहरु करियरका लागि खेल्ने अवस्था अहिलेसम्म बनेकै छैन। जुन खेलमा जति पनि खेलाडी छन् त्यो केवल उनिहरुको रुचिका कारण मात्रै खेलिरहेका छन्। सिमित खेलाडिले मात्रै यसलाई करियर बनाउन सकेका छन्। यस्तो अवस्थामा तुलनात्मक हिसाबले महिला फूटवलमा केही सम्भावनाहरु देखिरहेका थिए जसले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाललाई चिनाउन सक्नेछ भनेर। तर त्यसलाई समेत हाम्रो आन्तरिक राजनितिले खोक्रो बनाईसकेको रहेछ। खेलाडिहरु कुन मनोबलमा खेलुन् तब?

Recent captain अञ्जिला तुम्बापो सुब्बा थिईन्। Asian cup qualifier खेल्न जानू अघि अचानक कप्तान बदलिने समाचार आयो। मलाई थाहा छैन त्यसो त कप्तान कस्तो अवस्थामा  बदल्ने हो! तर एक्कासी आएको यो खवर र अञ्जिलाको कुनै पनि बाईट बाहिर नआउँदा चिसो त पसेकै थियो मनमा। नेपाल सम्मिलित समुहको खेल नेपाल मै हुने तयारी भए पनि नेपालको ब्यबस्थापकिय कमजोरिले गर्दा मैदान उज्वेकिस्तान पुगेको हल्ला पनि चलेको थियो। यस्तो हुँदा Home ground लिन चाहने टोलिले ground छोड्नेहरुलाई राम्रै परिमाणमा "भेटी" चढाउने गर्छन् त्यसैले ANFA ले जानिजानी ground अर्कालाई दिन्छ भन्ने हल्ला पनि सुनिएकै थियो।


टोलिको पहिलो खेल हुने दिनसम्म पनि कप्तानको टुङ्गो लागिसकेको थिएन। कप्तान त टिम घोषणा गरेकै बेला तोकिनु पो राम्रो हुन्थ्यो होला त। तब न प्रशिक्षणको क्रममा प्रशिक्षकसंग खेललाई कसरी राम्रो बनाउने, कुन कुन रणनितिमा खेल्ने भन्ने सल्लाह हुँदो हो। प्रशिक्षण कै क्रममा बिना कारण मौजुदा कप्तानलाई "तिमी अब कप्तान रहेनौ" भन्दिने अनि अर्को नतोक्ने। त्यो टोलिले कसरी motivate भएर तयारी गर्यो होला?

अनि अञ्जिला तुम्वापो, जसले लामो समय कप्तानी सम्हालिन्। नेपालबाट थुप्रै अन्तर्राष्ट्रिय खेल खेलिन् साथै युरोपियन क्लबमा आबद्ध भएर युरोपियन फूटवल खेल्दै गरेको खेलाडिलाई पुरै tournament भरी बेञ्च मै राखिदिनु उनको लागि Humilation हो कि होईन? कसले किन उनिमाथी त्यो स्तरको दुस्मनी साँध्यो? या मैले यसको ब्याकरण बुझ्न नसकेको हो?

अर्कातिर खेल शुरु हुनु एकाध घण्टा अगाडि वल्ल कप्तान तोकिन्छ, त्यसको आधा घण्टापछी उनको कप्तानी खोसेर अर्कोलाई दिईन्छ। यस्तो लापरवाही किन भयो? भर्खरै कप्तान बनाएर खोसिएको अर्को खेलाडिले कस्तो मनस्थितिमा खेल्छ अब?

सावित्राले स्पष्ट भनिन् कि तीन वटै खेलको अघिल्लो रात तिब्र दबावहरुका कारण निदाउनै सकिनँ भनेर। ती दबावहरु के कस्ता थिए र कसले दिएको थियो? समयक्रमले त्यसको पर्दा हटाउला नै। तर आशा गरिएको महिला फूटवलले पनि लय गुमाउन लागेको हो कि भन्नेमा चाहिँ बहुत पिर लागेर आयो।

हुन त म नाथेको पिरले हुने त केही होईन! हुटिट्याऊँ भन्दा बढी के पित्तम हुनु र मेरो, तै पनि यहि एउटा कुनो छ जहाँ आफ्ना सबैखालका कुराहरु बेलिबिस्तार लगाउन सकिन्छ।

@ Dilip Bantawa 

Back to blog