About us
स्वदेशको माटो र साझा सपना: रियल किरात ( Real Kirat ) को स्थापना !
सदियौदेखि दु:ख, कष्ट र गरिबीले थिचिएको यो मनमा अनेकौ स्वर्णिम सपनाहरु सजाउँदै लामो समयसम्म विदेशको भूमिमा पसिना बगायौं। धेरैले विदेशलाई नै भविष्य ठाने, तर हाम्रो मनले भने कहिल्यै जन्मभूमिलाई बिर्सन सकेन। यहीं माया र जिम्मेवारीको भावनाले हामीलाई स्वदेश फर्कायो—किन कि हामी चाहन्छौं आउने पुस्ताले पनि हामीले जसरी मजदुरी र परजीबी बनेर विदेशी भूमिमा होइन, आफ्नै देशमा सक्षम स्वावलम्बी भएर गर्वकासाथ बाँचून्।
देश र समाज मागेर आत्मनिर्भर बन्दैन। देश र समाजलाई आत्मनिर्भर बनाउन सकारात्मक सोंच, भिजन, कडा मेहनत, इमान्दार श्रम र विवेकपूर्ण व्यापारले आत्मनिर्भर बनाउँछ । यसको लागि हामी त्यो समुदायका प्रतिनिधि हौं- जसको दृढ संकल्प छ, सकारात्मक सोच, भिजन छ, मन र हृदय ठुलो र फराकिलो छ जसको हात माग्न होइन दिन उठ्छ।
त्यसैले हामीले विदेशमा अनेकौं दु:खकष्ट, रगत र पसिना बगाउँदै सिकेको सिप, अनुभव, दृढ संकल्प र सकारात्मक सोंच विचार र योजनाका साथ आफ्नै मातृभूमिमा हामी नेपाली र हाम्रो समुदायलाई दिगो आर्थिक विकाशतर्फ डोर्याउने सपना बोकेर रियल किरातको (Real Kirat PVT Ltd) स्थापना गरेका हौं।
हाम्रो सोच–साझा, हाम्रो उद्देश्य–स्पष्ट
हामी अझै सुरुवाती चरणमै छौं। सोच ठुलो छ, योजना अझ स्पष्ट छ।
अहिले हामीसँग चुनौती छ—आर्थिक स्रोतको।
हामी बैंकबाट ऋण लिएर पनि अघि बढ्न सक्छौं, तर त्यसबाट नाफा केवल केहीलाई मात्र हुनेछ।
हामी त्यस्तो एकल स्वार्थपूर्ण बाटो होइन, साझा समृद्धिको मार्ग रोज्न चाहन्छौं।
हाम्रो प्रस्ताव
हामी चाहन्छौं कि हामीले सुरु गरेको यो अभियानमा स्वदेश तथा विदेशमा बसेर मेहनत गरेका, देश र शन्तान प्रति माया राख्ने र दीर्घकालीन सकारात्मक सोच भएका नेपालीहरू सामेल होऊन्।
बैंक होइन, समुदायबाट लगानी उठाउने निर्णय यही सोचको उपज हो।
हामी चाहन्छौं:
- हाम्रो समुदायका दिगो सोच भएका सदस्यहरू यो अभियानमा सहयात्री बनून्।
- हामी मिलेर यस्तो कम्पनी बनाऔं जसमा नाफा केवल पैसाको मात्र नभई, समाजमा सकारात्मक प्रभावको पनि होस्।
- साझा लगानी, साझा स्वामित्व र साझा भविष्य बनाऔं।
निष्कर्ष
यदि तपाईंमा पनि हाम्रो जस्तै सोच छ—देश बनाउने, समाज उठाउने, र भविष्य उज्यालो बनाउने।
यदि तपाईं पनि विदेशमा श्रम गरेर जीवनको मूल्य बुझेका व्यक्ति हुनुहुन्छ।
र यदि तपाईं पनि दिन सक्ने शक्तिलाई उपयोग गर्न चाहनुहुन्छ—
हामी तपाईंलाई रियल किरात Real Kirat को साझा यात्रामा जोडिन हार्दिक आह्वान गर्दछौं।
संगै मिलेर निर्माण गरौं — एक फरक सोचको, आत्मनिर्भर नेपालको।
हाम्रो काम, उद्देश्य — रियल किरात Real Kirat
रियल किरात Real Kirat केवल एउटा व्यवसायिक संस्था होइन, यो सामाजिक चेतना र आर्थिक आत्मनिर्भरताको साझा यात्राको थालनी हो। हामी व्यवसायिक सफलतासँगै समाजमा सकारात्मक प्रभाव पार्न प्रतिबद्ध छौं। हाम्रो कार्यक्षेत्र, उद्देश्य र योजनाहरू यसप्रकार छन्:
🔧 हामीले गर्ने मुख्य कामहरू
🏅 १. उच्च गुणस्तरको स्पोर्ट्स लुगा उत्पादन र वितरण
- उच्च गुणस्तरका स्पोर्ट्स सामाग्रीहरु को उत्पादन तथा निर्माण, बिक्री र वितरण।
- नेपाली उत्पादनलाई विश्वस्तरमा चिनाउन हाम्रो ब्रान्ड निर्माण।
- स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन गुणस्तर, डिजाइन र प्रविधिमा लगातार नवप्रवर्तन।
- पुस्तकहरु प्रकाशन, देश बिदेशमा बिक्रीवितरण
🌾 २. किसानलाई अन्तर्राष्ट्रिय बजारमा जोड्ने पुल
- नेपालमा उत्पादन हुने जुनसुकै वस्तु — कृषिजन्य, हस्तकला, घरेलु — अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन।
- आफ्नै इकमर्स प्लेटफर्म मार्फत किसान र अन्तर्राष्ट्रिय उपभोक्ताबीच सीधा सम्पर्क।
- किसानलाई बजार, मूल्य र गुणस्तरको जानकारी दिई निर्यातका लागि सक्षम बनाइन्छ।
⚽ ३. खेलकुद क्षेत्रमा दीर्घकालीन लगानी
- स्वस्थ शरीर नै ठुलो धन हो भन्ने मान्यताबाट प्रेरित भई, फुटबलमा लगानी।
- फुटबल एकेडेमीहरू संचालन, प्रतिभाशाली खेलाडीको उत्पादन, प्रशिक्षण, व्यवस्थापन तथा अन्तर्राष्ट्रिय क्लबसम्म पुर्याउने अवसर प्रदान गरिन्छ।
- आफ्नै फुटबल क्लब निर्माण जसले नेपाली फुटबललाई विश्वस्तरमा पुर्याउने लक्ष्य राख्छ।
- बिश्वस्तरीय रंगशाला निर्माण गर्नेछौं — जसले खेल संस्कार, पर्यटन र रोजगारी तीनै पक्षमा योगदान पुर्याउनेछ।
🎯 हाम्रो मुख्य विश्वास
"अनुसासन नभई देश बन्दैन, खेल मैदानबाट सुरू हुन्छ स्वाभिमानी पुस्ताको निर्माण।"
हामी विश्वास गर्छौं कि नानीहरूलाई कुनै न कुनै खेलमा सहभागी गराइयो भने, उनीहरू कुलत संगत बाट जोगिन्छन्, अनुशासित बन्छन्, र सशक्त नागरिक बन्छन्।
🌍 हाम्रो उद्देश्य: नेपाली उत्पादन, नेपाली पहिचान, अन्तर्राष्ट्रियकरण
- "Nepali Brand, Global Market" — यही मूलमन्त्रलाई आत्मसात गर्दै हामी नेपाली उत्पादनलाई बिश्व बजारमा चिनाउने प्रयास गर्दैछौं।
- नेपाली सीप, परिश्रम र सोचले बनेका वस्तुहरू अब केवल देशभित्र सीमित हुने छैनन् — तिनलाई विश्वका कुनाकाप्चासम्म पुर्याउने पुल बन्नेछौं।
🛠️ हाम्रो सेवा क्षेत्रहरू (Our Services)
🌐 डोमेन सम्बन्धि सेवा:
- डोमेन रजिस्ट्रेसन तथा प्रिमियम डोमेन किनबेच सेवा
- ब्रान्ड र व्यवसायको लागि उपयुक्त डोमेन चयन सल्लाह र परामर्श
🛒 ई–कमर्स सेवा:
- इ–कमर्स साइट डिजाइन, डिभलपमेन्ट, ब्रान्डिङ्गदेखि डिजिटल मार्केटिङ्गसम्म
- व्यापारी, किसान वा उत्पादनकर्तालाई पूरा इकमर्स समाधान उपलब्ध
🧠 व्यापार सल्लाह र कन्सल्टिङ:
- नयाँ कम्पनी खोल्न चाहनेलाई पूर्ण व्यवसायिक प्याकेज
- व्यवसाय योजना (Business Plan), नाम सल्लाह, कम्पनी दर्ता, सञ्चालन र ब्रान्ड विकाससम्बन्धि परामर्श
📝 ट्रेडमार्क तथा कानुनी सहायता:
- आफ्नो ब्रान्डको पहिचान सुरक्षित राख्न ट्रेडमार्क दर्ता सेवा
📩 व्यावसायिक इमेल सेवा:
- कम्पनी वा भीआईपी (VIP) व्यक्तिहरूका लागि पर्सनल डोमेनबाट इमेल चलाउने तालिम तथा सेटअप सुविधा
📣 निष्कर्ष
(रियल किरात Real Kirat ) केवल मुनाफा कमाउने संस्था होइन, यो सामाजिक रुपान्तरणको अभियान हो।
हामी विश्वास गर्छौं—मागेर होइन, उत्पादन गरेर, सिप प्रयोग गरेर, सशक्त सोचले मात्रै देश बन्छ।
यदि तपाईं पनि यस्तो अभियानमा सहभागी हुन चाहनुहुन्छ भने, हामी तपाईंलाई स्वागत गर्छौं।
संगै मिलेर, फरक सोचको, आत्मनिर्भर नेपालको निर्माण गरौं।